४ असार,काठमाडौं । साढे ३३ किलोग्राम सुन तस्करीमा तानिएका चेतन भण्डारीको बाजेको सेकुवाका मजदुरहरु आन्दोलनमा जुटेका छन् ।
संचालक भण्डारीलाई सरकारले अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा व्यापक खोजी गरिरहेका बेला उनको ‘बाजेको सेकुवा अर्थात ग्राण्डफादर बार्बिक्यू’ मा विगत आठ-दस वर्षदेखि मजदुर गर्दै आइरहेका मजदुरहरु बाँकी तलब र सेवासुविधाका लागि आन्दोलनमा जुटेका हुन् ।
तीन महिना पहिले भएको उक्त सुन तस्करी र सोही क्रममा सनम शाक्यको हत्यामा संलग्न रहेको पाइएपछि प्रहरीले झापा पुराना घर भएका भण्डारीलाई व्यापक खोजी कार्य जारी राखेपछि उनी फरार छन् । उनलाई प्रहरीले अहिले फरार सूचीमा राखेर खोजी तीव्र पारेको जनाइएको छ । साथै नीजि कम्पनीअनुरुप संचालित बाजेको सेकुवाका घरहरु प्रयोग भएकाे पाइएको र संचालक समेत फरार रहेको भन्दै उपत्यकाका सबै शाखा तस्करी सुन छानबिन समितिले गत हप्ता नै शिल्ड गरिसकेको छ । सबै शाखा अहिले पूर्ण रुपमा बन्द छ ।
काठमाडौं उपत्यका १० स्थानमा शाखा खोलेर ‘बाजेको सेकुवा’ नामबाट व्यापार गरिरहेका भण्डारीलाई कर्मचारीहरुले तत्काल आफूहरुको माग पूरा गर्न माग राखेका छन् । सबै बन्द सेकुवाका कर्मचारीहरुले आफूहरुको मजदुरी बन्द भएकाले आश्रित परिवार समेत मारमा परेको भन्दै तत्काल विकल्प दिनु संचालक भण्डारीसँग माग गरेका छन् ।
सबै शाखामा गरी करिब ४ सय मजदुर कार्यरत रहेको उनीहरुले बताए । जसमा पुरुष बढी छन् । उनीहरु आइतबार अनामनगरको पूर्वी गेटमा रहेको सेकुवा घरमा जम्मा भएर आन्दोलन उठाउने तयारीमा जुटिरहेका थिए । सोमबार पनि आन्दोलनका लागि कर्मचारीहरुले हस्ताक्षर संकलन जारी राखेका छन् । विगत दस वर्षदेखि कुकको काम गर्दै आइरहेका काभे्रका राजन पाण्डेले ‘घरपरिवार पाल्दै आइरहेको हाम्रो काम खोसिएको छ, संचालक नभएर सरकारले भएपनि रोजगारीको विकल्प दिनुपर्छ’ भने ‘नत्र त्यसैनिम्ति हामीहरु आन्दोलनमा जुट्दैछौं ।’
हिजै मात्र १ सय पचास भन्दा बढीको हस्ताक्षर संकलन भइसकेको बताएको छ । लामो समय काममा बिताएको र अन्यायमा परेको भन्दै एकमुष्ट सेवा सुविधाको मूल्य पाउनुपर्ने उनीहरुको माग रहेको छ । सेकुवा टिममा संस्थापक दिननाथ भण्डारी, निर्देशक नितिमा भण्डारी र फाइनान्स कोअर्डिनेटर सुनिल गौतम रहेका छन् ।
सुन तस्करीको आरोपमा सरकारले मोरङ जिल्ला अदालतमा प्रहरीका बहालवाला वरिष्ठ अधिकृतसहित (एसएसपी), पूर्वडीआईजीसहित ३६ जना विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान र पूर्पक्ष चलाइरहेका छन् ।
त्रिभुवन एयरपोर्ट अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भित्र्याइएको साढे ३३ केजी सुन बिच बाटोबाट हराएपछि झापाका चुडामणि उप्रेतीलगायतले तस्करीका एक सहकर्मी करेन्ट लगाएर सोधपुछ गर्ने क्रममा शाक्यको मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरी बताउँदै अाएको छ ।