प्रदेश नं ५ मा बैठक सूचना टाँसेर स्थगित: चौधरीको प्रश्न, हामी सुकुम्बासी वा टुहुरा हौँ ?

प्रदेश नं ५ मा बैठक सूचना टाँसेर स्थगित: चौधरीको प्रश्न, हामी सुकुम्बासी वा टुहुरा हौँ ?

  • सोमवार, असार ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बुटवल, ४ असार । प्रदेश नं ५ मा प्रदेशसभाको बैठक आज स्थगन भएको छ ।

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले विशेष कारण जनाउँदै बैठक स्थगन भएको सूचना टाँस गरेर जानकारी दिनुभएको छ ।

यसअघि २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको थियो ।

प्रदेश नं ५ मा प्रतिपक्ष नेपाली काँग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभाको बैठकमा उभिएर विरोध गरेपछि सभामुख घर्तीले केही समयका लागि बैठक स्थगन गर्नुभएको थियो ।

बैठक शुरु हुनासाथ नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरीले प्रदेशसभाको हैसियत स्पष्ट नभएको भन्दै हामी सुकुम्बासी वा टुहुरा हौँ भनेर प्रश्न गर्नुभयो ।

उहाँले बजेटलाई कनिका छरेजस्तो भएको टिप्पणी गर्दै बजेटमा नीति कार्यक्रम अभिव्यक्त नभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “बजेट सैद्धान्तिकरुपमा असफल भएको छ र बजेटमा हाम्रो सुनुवाइ नभएसम्म कारवाही अघि बढ्दैन ।” बैठक भोलि मङ्गलबारका लागि तोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ