गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकियो, प्रदेशसभा सदस्यको नेतृत्वमा स्थानीय आन्दोलित

गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकियो, प्रदेशसभा सदस्यको नेतृत्वमा स्थानीय आन्दोलित

  • सोमवार, असार ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

लुम्बिनी, ४ असार । अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासी आन्दोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ ।

विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरेको भन्दै स्थानीय जग्गाधनीले विमानस्थलको निर्माण कार्य रोकेका हुन् । स्थानीयवासी ‘रन वे’मा जम्मा भएर आन्दोलन गरेका कारण विमानस्थल निर्माणको काम रोकिएको हो ।

नदीजन्य पदार्थ डम्पिङ गरिएको ठाउँ धावन मार्गमा स्थानीयवासीले अवरोध गर्दै आन्दोलन गरेका छन् । नदीजन्य पदार्थबाट विमानस्थलको सम्पूर्ण काम हुने भएकाले नदीजन्य पदार्थ जम्मा भएको ठाउँमा गएर स्थानीयवासीले टेन्ट टाँगेर बसेपछि विमानस्थलको काम अहिले ठप्प रहेको छ ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयको नेतृत्वमा विमानस्थलको निर्माण कार्य रोकिएको छ ।

विमानस्थललाई आवश्यक रहेको भन्दा बढी जग्गा अधिग्रहण गर्न खोज्दा स्थानीयवासीले विरोध गरेपछि आयोजनाले जग्गाको मूल्याङ्कन भएको दुई महिनाभित्र नै मुआब्जा वितरण गर्ने सहमति भए पनि हालसम्म मुआब्जा वितरण नहुँदा बाध्य भएर निर्माण कार्य रोक्नु परेको प्रदेशसभा सदस्य पाण्डेले बताउनुभयो ।

उहाँले दुई महिनामा मुआब्जा वितरण गर्ने भएको सहमति एक वर्ष भइसक्दासमेत करीब १२ प्रतिशतले मात्र मुआब्जा पाएको बताउनुभयो ।

प्रदेशसभा सदस्य पाण्डेले निर्माण कार्य रोक्दा आफूहरुलाई समेत दुःख लागेको बताउँदै आवश्यक परेको खण्डमा यस क्षेत्रका सम्पूर्ण जनताले विमानस्थलको निर्माण कार्यमा सहयोग गर्न अग्रसरसमेत रहेको बताउनुभयो । साथै उहाँले आयोजनाले अधिग्रहण नगरेको करीब ५०० बिघा जग्गासमेत रोक्का गरेका कारण जग्गाधनीको आफ्नो सम्पत्तिको अधिकारसमेत खोसेको दाबी गर्नुभयो ।

उहाँले विगतमा रु ३० लाखबाट लाभकर दिनुपर्ने व्यवस्था रहे पनि आगामी साउनदेखि रु १० लाखबाट नै लाभकर दिनुपर्ने हुन लागेको व्यवस्थाको विरोध गर्नुभयो । स्थानीयवासीले मुआब्जा नपाएसम्म निर्माण कार्य सञ्चालन हुन नदिने अडान लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी