पेट्रोलिय पदार्थको मूल्य घट्यो, यस्ताे छ नयाँ मूल्यसुची

पेट्रोलिय पदार्थको मूल्य घट्यो, यस्ताे छ नयाँ मूल्यसुची

  • आइतवार, असार ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, ३ असार । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले चरणबद्ध आन्दोनलका कार्यक्रम घोषणा गर्न थालेपछि सरकारले मूल्य घटाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी, नेविसंघलगायतका विद्यार्थी संगठनहरुले पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ताको माग राख्दै सडक संघर्ष जारी राखेका थिए ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रलको मूल्य प्रतिलिटर रु ११३ थियो ।

प्रवक्ता गोइतका अनुसार डिजेल र मट्टितेलमा पनि समान दुई÷दुई रुपैयाँ घटाइएको छ । अब डिजेलको र मट्टितेलको मूल्य प्रतिलिटर रु ९३ भएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी