अलपत्र आप्रवासीलाई स्पेनमा शरण

अलपत्र आप्रवासीलाई स्पेनमा शरण

  • आइतवार, असार ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी, असार ३।
ईटाली र माल्टाले फिर्ता पठाउँदा भुमध्य सागरमा अलपत्र परेका ९ सय ३३ आप्रवासीलाई स्पेनले उद्धार गरेको छ ।

तीन वटा डुङ्गामा लिबिया नजिकबाट उद्धार गरिएका ती आप्रवासीलाई भब्य स्वागत गरिने स्पेनी अधिकारीले जनाएका छन् ।

स्पेन सरकारले उनीहरुलाई निशुल्क स्वास्थ्य सेवा र हरेक व्यक्तिको शरणार्थी सम्बन्धी अवस्थाको अध्ययन गर्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।

मानवीय संकट निम्तिन नदिन सुरक्षित सहायताको प्रबन्ध मिलाउने स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनुभएको छ । सत्तामा आएको दुई सातापछि प्रधानमन्त्री सान्चेजले आप्रवासी नीतिमा सहज हुने बताउँदै आउनुभएको छ ।

स्पेन जाने आप्रवासीको सहयोगका लागी रेडक्रसले मात्र १ हजार स्वंयसेवक खटाएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ