काठमाडौं, ३ असार ।
नेपाल कम्युनिस्ट पार्टी्निकट अखिल (क्रान्तिकारी)ले गरेको शैक्षीक हड्तालका कारण आज देशभरका शिक्षण सस्थाहरु ठप्प छन् ।
संगठनका कोषाध्यक्ष नरेन्द्र बिक सहितका दजनौ बिद्याथी नेताहरुलाई गिरफ्तार गरेको बिरोधमा आज अखिल (क्रान्तिकारी)ले शैक्षिक हड्ताल गरेको हो ।
संगठनले गिरफ्तार सबै नेता कार्यकर्तालाई तत्काल रिहा गर्न पनि माग गरेको छ । गिरफ्तार नेता कार्यकर्ता रिहा नभएसम्म आफुहरुको आन्दोलन नरोकिने संगठनका अध्यक्ष चिरन्जीवी ढकालले बताउनु भयो ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार नै शैक्षिक हड्ताल गरेको संगठनले यसअघि जेठ ३० गते देशव्यापी कोणसभा , ३१ गते देशव्यापी प्रदर्शन र असर १ गते देशव्यापी मसाल जुलुस निकालेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline