पूर्व माओवादी र एमालेका चार दर्जन नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

पूर्व माओवादी र एमालेका चार दर्जन नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

  • आइतवार, असार ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

३ असार,घोराही । पूर्व माओवादी केन्द्र र एमालेका करिब चार दर्जन नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । एमालेसँगको एकताप्रति असन्तुष्टि जाउँदै आएका दाङका स्थानीय नेताहरुले सामुहिक रुपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

दाङको राजपुर–४ मोतिपुरका स्थानीय नेता राजेन्द्र यादवको नेतृत्वमा ३९ नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । यादवको अध्यक्षमा ११ सदस्य इकाई समिति पनि गठन गरिएको नेकपा दाङले बताएको छ ।

माओवादी केन्द्र एमालेमा विलय भएकोले आफूहरु त्यहाँ जान नसकेको बताउँदै यादवले क्रान्तिमा निरन्तर समाहित हुने संकल्पका साथ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी विक्रम, राजपुर सेक्रेटरी सुर्य यादव, योङ रेड फोर्सका जिल्ला सदस्य हरि यादव लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

यसअघि दाङकै राजपुरमा ५० जना र घोराही ८ बुधौरामा ३० जना नेकपामा प्रवेश गरिसकेका छन् । नेपाल कम्युनिष्ट पार्टीले ध्रुवीकरण अभियान जिल्लाका सबै गाउँपालिका, नगरपालिकामा संचालन गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ