२ असार,चितवन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका दुर्इ जना छोरामाथि आक्रमणको प्रयास भएको छ । चितवनमा डेरामा बसेर अध्ययन गर्दै अाएका प्रकाश र नक्षत्र चन्दमाथि आक्रमणको प्रयास भएको हो ।
भरतपुर महानगरपालिका—११ स्थित जागृतिचोकमा रहेको डेरामा राती २ जना अज्ञात मान्छेहरुले रड र लौरोले कोठाको ढोका खोली आक्रमण गर्ने प्रयास गरेको प्रकाशले बताएका छन् । प्रकाशसँगै बस्दै आएका अन्य विद्यार्थीहरुले हल्लाखल्ला गरेपछि आक्रमणकारी भागेका थिए । उनीहरुले रड, जुत्ता–चप्पल छोडेर भागेका थिए ।
केही समय पहिलेदेखि अज्ञात व्यक्तिहरुले अपरिचित नम्बरबाट फोन गरेर धम्काउँदै आएको बताउँदै प्रकाशले आक्रमणकारीलाई कानूनी कारवाहीको माग गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline