अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

  • शनिबार, असार २, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

संखुवासभा, असार २ । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना मजदुरको मृत्यु भएको छ ।

संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको मृत्यु भएको हो । निर्माणाधीन अरुण तेस्रो जलविदुत् आयोजनाको सुरुङ खन्ने क्रममा गएराति ढिस्को झरेको थियो ।

ढिस्कोले पुरिएर २ जना नेपाली र २ जना भारतीय कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । ढिस्कोले पुरिएर कालिकोट सिउना गाउँपालिका –४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका –१, का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोरको ज्यान गएको हो ।

शाही र परियार मजदुर थिए भने मुण्डा अपरेटर र नन्द किशोर इलेक्ट्रोनिक मिस्त्री थिए ।घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् ।

झरी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५० किलोमिटर टाढा पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ