दुर्इ जना वडाअध्यक्ष विद्युत चाेरी गर्दैगर्दा पक्राउ, कस्ले कति तिरे जरिवाना !

दुर्इ जना वडाअध्यक्ष विद्युत चाेरी गर्दैगर्दा पक्राउ, कस्ले कति तिरे जरिवाना !

  • शुक्रबार, असार १, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

१ जेठ,काठमाडौ । काभ्रे र सप्तरीका दुई जना जनप्रतिनिधि चाेरी गर्दागर्दै पक्राउ परेका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाअध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ परेको विद्युत प्राधिकरणले जनाएको छ । सुरक्षाकर्मीसहितको अनुगमनको निस्केको नेपाल विद्युत प्राधिकरणको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

वडाअध्यक्ष लम्सालले कुन्ताबेंसीमा हुकिङ गरी कुखुरा र्फममा विद्युत प्रयोग गरेको फेला पारेपछि पक्राउ गरेको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार रिहा भएका छन् ।

यसैगरी, टोलीले वडाध्यक्ष चौधरीले पनि हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेको थियो । चौधरीसहित सोही ठाउँका २१ जनालाई पक्राउ परेका थिए । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरेर शुक्रबार रिहा भएका छन् ।

विद्युत चोरी नियन्त्रण ऐन–२०५८ र नियमावली २०५९ मा विद्युत चोरी गरेर प्रयोग गरिएका उपकरणलाई लाग्ने लोडको आधारमा हिसाब गरी एक वर्षको जरिवाना तिराउने व्यवस्था छ ।

गृहमन्त्री रामबहादुर थापाले विद्युत चोरी नियन्त्रणको लागि विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए ।

उता, सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष  चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको विद्युत प्राधिकरण राजविराजले जनाएको छ ।

पक्राउ परेका वडा अध्यक्षसहितको नाम जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले संयुक्तरूपमा तयार गरिएको मुचुल्कामा उल्लेख गरिएको छ ।

विद्युत्को पोलमा सिधैं हुकिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।

पक्राउ परेका उनीहरूको साथबाट दुई थान पानी तान्ने मोटर, दुई थान एलएडी टेलिभिजन एक थान पङ्खालगायतका सामान बरामद गरिएको प्रमुख साहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ