एजेन्सी ।
एउटै बाटोमा ३० पटक दिसापिसाब गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन् । सडकमा दिसा गरिरहेकाे अवस्थामा उनी रंगेहात पक्राउ परेका हुन् ।
अष्ट्रेलियाकाे ब्रिसबेनका चर्चित व्यवसायी ६४ वर्षका एन्ड्रु डग्लस म्याकिन्टोस अन्ततः सार्वजनिक स्थानमा पटक-पटक दिसा गर्ने गरेको खुलासा भएसँगै पक्राउ परे । खुल्ला ठाउँमा दिनहुँ मान्छेको दिसा भेटिन थालेपछि स्थानीय मानिसहरु मिलेर खोजी गर्दा अन्ततः म्याकिन्टोसले बाटोमै दिसा गरिरहेको अवस्थामा रंगेहात फेला पार्न सफल भए । बाटोमा दिसा गरिरहेको बेलाको उनको तस्वीर क्यामरामा कैद भयो ।
यी चर्चित धनाढ्यले घरमा ट्वाइलेट नभएर बाटोमा गएर दिनदिनै दिसा गरेका भने हाेइनन् । याे घटनासँगै किन यसाे गरेका हाेलान् भन्ने चर्चा चल्न थालेकाे छ ।
वैज्ञानिकहरुका अनुसार कुनैपनि मानिसमा सार्वजनिक स्थानमा दिसापिसाब गर्ने बानी हुन्छ । खुल्ला स्थानमा दिसा पिसाब नगरेसम्म उनीहरुलाई धित नै मर्दैन । यसको एउटा मुख्य कारण चाहिँ पेटको वंशाणुगत समस्या रहेको बताइएको छ ।
कतिपय मानिसहरु दौडिँदा उनीहरुको आन्द्राको चिप्लो पदार्थ सक्रिय हुने र दिसा अठ्याउनै गाह्रो हुन्छ । जसले गर्दा केही मानिसहरु जगिङ गरिरहेको बेला यसो रोकिएर दिसा गरिहाल्छन् ।