नयाँ शक्तिको युवा संगठनको अध्यक्षमा रमेश पोखरेल निर्वाचित

नयाँ शक्तिको युवा संगठनको अध्यक्षमा रमेश पोखरेल निर्वाचित

  • शुक्रबार, असार १, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

१ असार,काठमाडौं । नयाँ शक्ति पार्टी निकट युवा शक्ति नेपालको अध्यक्षमा रमेश पोखरेल निर्वाचित भएका छन् । युवा संगठनको सम्पन्न संघीय भेलाले पोखरेलको अध्यक्षतामा ६० सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित भेलाले वरिष्ठ उपाध्यक्षमा भीम पराजुली, उपाध्यक्षमा ज्ञानु आचार्य, रामकृष्ण जैसी र निरज प्रधान र महासचिवमा जिएस गुरुङलाई निर्वाचित गरेको छ ।

त्यसैगरी सचिवमा विकास घिमिरे र राज थापा र कोषाध्यक्षमा मञ्जु गुरुङ निर्वाचित भएका छ्न ।

विधानअनुसार ७५ सदस्यीय केन्द्रीय समिति रहने युवा शक्तिमा बाँकी १५ सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ । भेलाको संयोजक डा. बाबुराम भट्टराईले उद्घाटन गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ