पैदलमार्ग उद्घाटन गर्न मेयरले डोजर चलाउँदा पत्रकारसहित ५ जना खोलामा खसे

पैदलमार्ग उद्घाटन गर्न मेयरले डोजर चलाउँदा पत्रकारसहित ५ जना खोलामा खसे

  • शुक्रबार, असार १, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

१ असार, पोखरा । पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटनको क्रममा अाज अचानक डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् ।  डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा पत्रकार सन्देश श्रेष्ठ र रञ्जन अधिकारी सहित ५ जना घाइते भएका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर उक्त फुट ट्रयाकको उद्घाटन गर्ने कार्यक्रम रहेकेामा प्रमुख जिसी डोजरमा चढ्नुभएकाे थियाे तर अचानक डाेजर चलेर खोलामा रहेको रेलिङमा ठाेक्किदा फाेटाे खिच्न तयारी भएर बसेका पत्रकार सहित ५ जना खाेलामा खेसेका हुन् ।

खोलामा खस्नेहरुमा पत्रकारहरुसँगै पोखरा लेखनाथ महानगरपालिका ८ बाट उद्घाटन हेर्न आएकी प्रगती आमा समूहकी गौरी पौडेललगायत छन् । खोलामा खस्नेमध्ये पौडेललाई सबैभन्दा बढी चोट लागेको छ । उनको दाहिने खुट्टाको कम्मर मुनिको भाग, देब्रे खुट्टाको घुँडा मुनि र कोखामा चोट लागेको छ ।

पत्रकार रञ्जन अधिकारीको हात, खुट्टा र निधारमा चोट लागेको छ भने सन्देश श्रेष्ठको दाहिने हातको कुहिनामा सामान्य चोट लागेको छ । उनीहरुको मेट्रोसिटी अस्पताल पोखरामा उपचार गरिएको छ ।

पोखराको बीच भाग भएर बग्ने फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) निर्माण शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको १ करोडको लागतमा फिर्के खोलाको दुबैतर्फ फुट ट्रयाक खोल्न लागिएको हो ।

पोखरा लेखनाथ महानगरपालिका ५ मा पर्ने सिद्धार्थचोक र पर्स्याङचोकको बीचमा रहेको फिर्के खोलाको किनारमा ट्रयाक खोल्न लागिएको हो । फिर्के खोलाको ६ किलोमिटर क्षेत्रफलमा फुट ट्रयाक बनाइने पोखरा लेखनाथ महानगरपालिका ५ का वडाध्यक्ष डिबी नेपालीले जानकारी दिनुभयाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ