भारतीय नागरिक सिंह बने रूसकाे कुस्रकका विधायक, यसरी मिल्याे सफलता

भारतीय नागरिक सिंह बने रूसकाे कुस्रकका विधायक, यसरी मिल्याे सफलता

  • शुक्रबार, असार १, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एजेन्सी, १ असार । भारतीय मुलका नागरिक अभयकुमार सिंहले रुसको एक चुनावमा जीत हासिल गरेका छन् । ब्लादिमिर पुटिन नेतृत्वको पार्टी ‘युनाइटेड रसिया’ बाट टिक पाएसँगै मैदान उत्रीएका उनले जित हासिल गरे । पटना, विहार घर भएका सिंह कुस्र्क प्रान्तका विधायक बनेका हुन् ।

पटनामा जन्मिएका सिंहले भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पहिलोपटक अन्तर्वाता दिँदै भने, ‘ म राष्ट्रपति पुटिनबाट ज्यादै नै प्रभावित थिएँ । तसर्थ मैले राजनीतिमा आउनले फैसला गरेको थिएँ । ’

‘युनाइटेड रसिया’ पार्टी हाल सत्ताधारी पार्टीको रुपमा रहेको छ । जसले आमचुनावमार्फत् संसद (डुमा) मा ७५ प्रतिशत सांसद सिट जितेको छ । पछिल्लो १८ वर्षदेखि पुटिन सत्तामा रहेका छन् । सन् २०१७ अक्टोबरमा सम्पन्न चुनावमा सिंहले कुस्र्क प्रान्तको विधानसभामा जितेका थिए ।

पटना, विहारमा पढाईलेखाई पुरा गरेका सिंह मेडिकल शिक्षा पढ्न सन् १९९१ मा रुस गएका थिए । सिंह आफ्नो व्यक्तिगत जीवनको बारेका खुल्न चाहँदैनन् । भन्छन्, ‘विहारसँग मेरो सम्बन्ध छ । तर भगवानले मेरो करियर रुसमा लेखेको रहेछ । त्यसपछि मैले रुसमा औषधि व्यवसाय थालनी गरेँ । ’

रुसमा पहिलेपहिले काम गर्न गाह्रो भएको अनुभव सुनाउदै उनले भने, ‘ म गोरा जाती पनि थिइँन । धेरै मेहनत गर्नुपर्यो । आफ्नो उद्धेश्यबाट डेग पनि चलिन ।’

औषधी व्यवसायमा सफल भएपछि घरजग्गा कारोबारमा पनि सफलता हात लागेको सिंहले सुनाए । फलस्वरुप रुसमा उनको केहि संख्यामा ‘सपिङ कम्प्लेक्स’ रहेको छ ।

पुटिनबाट राजनीतिमा हामफालेका सिंहले भने, ‘ रुसमा कामधन्दा र व्यवसायमा त रमाएँ । चुनाव नै जितेर विधायक बनेको छु । यो मेरो लागि गर्वको कुरा हो बीबीसीमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ