पासवर्डले सुरक्षीत छैन फेसबुक, कम्प्युटरको कि–बोर्ड, माउसदेखि मोबाइलमा संग्रहित फोन नम्बरसम्ममा फेसबुकको पहुँच

पासवर्डले सुरक्षीत छैन फेसबुक, कम्प्युटरको कि–बोर्ड, माउसदेखि मोबाइलमा संग्रहित फोन नम्बरसम्ममा फेसबुकको पहुँच

  • बिहिबार, जेष्ठ ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

वासिंटन, जेठ ३१ । फेसबुकमा पासवर्ड राखेर सुरक्षीत हुन्छ भन्ने भ्रम त्याग्नुहाेस्, किनकी फेसबुकमा तपार्इले राखेका तथ्यहरूमात्र हैन सबै जीवन कुण्डली नै निकालिदिन्छ । फेसबुक प्रयोगकर्ताको डाटा चोरी मामलामा फेसबुकले अमेरिकी संसदको माथिल्लो सदनमा दुई हजार प्रश्नको लिखित जवाफ दिएको छ ।

४५४ पानामा लेखिएको जवाफ देखेपछि तपाइकाे भ्रम टुट्ने छ । उक्त जवाफमा फेसबुकले आफूसँग कुनै पनि प्रयोगकर्ताको के–कति जानकारी संकलित हुन्छ भन्ने तथ्य खुलाएको छ ।

सो जवाफमा उल्लेखित विवरणअनुसार फेसबुकले कुनै पनि प्रयोगकर्ताले प्रयोग गरेको कम्युटरको कि–बोर्ड, माउसदेखि लिएर मोबाइल फोनमा संग्रह गरेको टेलिफोन नम्बरहरु, मोबाइलमा रहेका तस्वीरहरुमा समेत पहुँच राख्दछ ।

फेसबुकले अमेरिकी संसदमा दिएको लिखित जवाफअनुसार फेसबुक ‘लगइन’ गरिसकेपछि उक्त डिभाइसमा प्रयोगकर्ताले के टाइप गर्दैछ र कुन कुन एप चलाइरहेको छ भन्ने जानकारी फेसबुकले लिइरहेको हुन्छ । यसबाट प्रयोगकर्ताले कस्ता प्रकारका सामाग्री मन पराउँछ र कस्ता सामाग्रीलाई कति समय दिन्छ भन्नेबारे फेसबुकलाई जानकारी हुने र सोही अनुसार प्रयोगकर्तालाई विज्ञापन सामाग्री देखाउने गरेको बताइएको छ ।

फेसबुकले जनाएअनुसार प्रयोगकर्ताले जुन कम्प्युटर वा मोबाइलबाट फेसबुक ‘लगइन’ गरेको हुन्छ, त्यसमा रहेका सबै सामाग्री, यहाँसम्म कि, कस्ता तस्वीर छन्, कति टेलिफोन नम्बर संग्रह गरिएको छ, कस्ता प्रोग्राम तथा एप चलाइरहेको छ भन्नेबारे सबै जानकारी संकलन भइरहेको हुन्छ ।

उसले प्रयोगकर्ताको मोबाइलमा कति प्रतिशत ब्याट्री खपत भयो वा कति प्रतिशत ब्याट्री बाँकी छ भन्नेसम्मको जानकारी पनि हासिल गरिरहेको हुन्छ । यसबाट उसले कुन एपमा कति ब्याट्री खपत हुन्छ भन्नेबारे जानकारी लिएर सोहीअनुसार एप परिमार्जन गर्न सघाउने गरेको जनाइएको छ ।

फेसबुकले सम्बन्धित डिभाइसको क्यामेरा र माइक्रोफोनमा समेत आफ्नो पहुँच रहने गरेको स्वीकार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी