भारतीय ‘अमुल डेरी’ भित्र्याउने सरकारको तयारी, गाेल्डेन शेयरकाे लाेभमा दुधमा नयाँ सिण्डिकेटः नेकपाले दियाे कडा चेतावनी 

भारतीय ‘अमुल डेरी’ भित्र्याउने सरकारको तयारी, गाेल्डेन शेयरकाे लाेभमा दुधमा नयाँ सिण्डिकेटः नेकपाले दियाे कडा चेतावनी 

  • बिहिबार, जेष्ठ ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

३१ जेठ,काठमाडौँ । भारतीय दुध र दुग्धजन्य पदार्थ उत्पादन गरेर बिक्री गर्दै आएको बहु राष्ट्रिय कम्पनी ‘अमुल डेरी’ भित्र्याउने सरकारले तयारी गरेको छ । अमुल डेरीलाई नेपालमै कारखाना संचालन गर्न दिने प्रक्रिया कृषि र उद्योग मन्त्रालयले अगाडि बढाएकाे हाे ।

नेपाली बजारमा हाल फ्रेस मिल्क र चीज पठाउँदै आएको अमुलको एक टोली कारखानाको लागि जग्गा हेर्न नवलपरासी, नेपालगंज र विराटनगरमा समेत पुगेर फर्केको मन्त्रालय स्रोतले बताएको छ ।

सरकारले अमुललाई अनुमति दिए नेपाली दुध किसान, दुग्ध विकास संस्थान र नीजि क्षेत्रका डेरीहरु धरासायी हुने भन्दै विरोधका आवाज पनि सतहमा आउन थालेका छन् । नेपालभन्दा सस्तो हुने भएकोले अमुलले दुध र पाउडर भारतबाटै ल्याउने छ । उसको मूल्यमा दुध र दुग्धजन्य पदार्थ बजारमा ल्याउनु पर्ने बाध्यता नेपाली किसान र डेरीलाई हुनेछ । यो गर्न नसके किसानको दुध र नेपालमा उत्पादन हुने दुग्ध पदार्थ बिस्थापित हुनेछन् । यो दुधमा नयाँ सिण्डिकेट लागु हुनेछ ।

अमुललाई अनुमति दिन नहुने भन्दै दुग्ध संस्थानका क्रियाशिल कर्मचारी यूनियनले कृषिमन्त्री चक्रपाणी खनाललाई ज्ञापनपत्र नै बुझाइसकेका छन् । कर्मचारीहरुसँगको भेटमा मन्त्री खनालले आफूपनि अमुललाई अनुमति दिन नहुने पक्षमा रहेको र यो जिम्मा उद्योग मन्त्रालय भएकोले बताउँदै पन्छिएको एक कर्मचारीले बताए ।

“अमुल आएमा नेपाली दुधले मूल्य पाउने छैन, नेपालभन्दा भारतमा सस्तो हुने भएकोले दुध र पाउडर उतैबाट ल्याउने निश्चित छ । बहुराष्ट्रिय कम्पनी भएकोले नेपाली दुध र दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको संस्थान र कम्पनीहरुले प्रतिस्पर्धा गर्न सक्ने छैनन् । यसले अमुलको एकाधिकार कायम हुनेछ । दुधमा एक खाले सिण्डिकेट नै लाग्नेछ” मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार अमुललाई अनुमति दिन ठूलो चलखेल भइरहेको छ ।

अमुलले राष्ट्रपति विद्यादेवी भण्डारीका छोरी ज्वाई तथा पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेष यादव र नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई गोल्डेन सेयर दिँदैछ । प्रक्रिया अन्तिम चरणमा पुगेको स्रोतका दाबी छ । त्यसैगरी पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका केही नेताहरुलाई पनि गोल्डेन सेयरका अफर अमुलले गरेको छ । सेयरको लोभमा परेर नेताहरुले अनुमतिको लागि कृषिमन्त्रीसँग लविङ गरिरहेका छन् ।

यसअघि नेपाल डेरी एसोसिएसनले अमुलले नेपाल दुध व्यवसाय धराशयी बनाउने भन्दै अनुमति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र नै बुझाएको थियो । एसोसियनका अध्यक्ष राधाकृष्ण सापकोटाको टोलीले उद्योग र कृषिमन्त्रालयका अधिकारीसँग पनि छलफल गरेको थियो । तर, सरकारले सरोकारवाला निकायको कुरा नसुनेर अमुललाई अनुमति दिने प्रक्रिया अगाडि बढाइरहेको छ ।

यसैबीच अखिल नेपाल किसान संघ (क्रान्तिकारी) की अध्यक्ष सविता सिंहले नेपाली किसानहरुलाई विस्थापिगत गर्नेगरी अमुललाई भित्र्याउन लागेको भन्दै आपत्ति जनाएकी छन् । उनले दुधमा नेपाल आत्मनिर्भर हुनै लाग्दा भारतीय कम्पनीलाई भित्र्याएर सरकारले दुध किसानलाई विस्थापित गर्न लागेको दाबी गरिन् ।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट किसान संघकी अध्यक्ष सिंहले दुध किसान र दुध व्यवसायीलाई विस्थापित गर्ने भएकोले कुनैपनि हालतमा अमुललाई नेपाल आउन नदिने बताइन् । उनले सरकारले सबैतिरको सिण्डिकेटको अन्त्य गर्ने बताएपनि दुधमा भारतीय कम्पनीमार्फत नयाँ सिण्डिकेटको तयारी भइरहेको भन्दै विरोध गरेकी छन् ।

अध्यक्ष सिंहले अमुललाई अनुमति दिने सरकारी तयारीको विरोधमा उत्रन सबै दुध किसान र व्यवसायीलाई आग्रह गरिन् । विरोधको बेवास्ता गरी बहुराष्ट्रिय कम्पनी अमुललाई भित्र्याइए लखेट्ने चेतावनी पनि दिइन् ।

करिब दुई दर्जनभन्दा बढी ब्राण्ड भएको अमुलले दुध, दही, घ्यू, आइसक्रियम, विस्कुट, चक्लेटसहित करिब २ सय भन्दा बढी दुग्ध पदार्थबाट बन्ने बस्तु उत्पादन गरेर विश्व बजारमा पुर्याइरहेको छ । सन् १९४६ डिसेम्बर १४ मा दर्ता भएर काम सुरु गरेको अमुलको मुख्य कार्यालय भारतको गुजरातमा छ भने शाखा र उद्योग विश्वका विभिन्न देशहरुमा छन् ।

अमुललाई नेपाल भित्र्याउन भइरहेको तयारी नरोकिए यातायात क्षेत्रमा सिण्डिकेट हटेको भनिएपनि किसानमाथि भारतीय दुध सिण्डिकेटलाई सरकारले नै भित्र्याउने छ । जसका कारण दुध किसान र व्यवसायीहरु खडी जानु पर्ने अवस्था आउने भन्दै दुध व्यवसायीहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी