काठमाडौं, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बिद्यार्थीहरुको शैक्षिक अधिकारका पक्षमा लडिरहेका पक्षमा क्रियाशिल संगठन र नेता कार्यकर्तामाथि भएको धरपकड तथा गिरफ्तारीप्रति आपती जनाउदै घोर भत्सना र बिरोध गरेको छ ।
संगठनका अध्यक्ष चिरन्जीवी ढकालले आज बिज्ञप्ती निकालेर वर्तमान केपी रामबहादुरको गृहप्रशासनले शैक्षिक अधिकार माग्दा उक्त संगठन र नेता कार्यकर्तामाथि दमनको नीति लिएको भन्दै त्यसप्रति गम्भिर ध्यानाकर्ष भएको पनि बताउनु भएको छ ।
उहाँले संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बी. क. सहित दर्जनौ निहत्था बिद्यार्थी नेता कार्यकर्तालाई गिरफ्तार गरेकोले तत्काल उनीहरुलाई रिहा गर्न माग गर्नुभएको छ ।
आफुहरुले शान्तिपूर्ण तरिकाले सभा, सम्मेलन आदी गर्दैगर्दा दलालहरु किन आतंकित हुनुपर्ने ? अध्यक्ष ढकालले प्रश्न गर्दै भन्नुभयो, निर्दोष विद्यार्थी नेता कार्यकर्तामाथिको दमनले दलालहरुको सत्ताले आफ्नो चिहान आफैले खनिरहेको हामिले महशुस गरेका छौ ।
संगठन ले आउँदो असार ३ गते देशब्यापी रुपमा शैक्षिक हड्ताल गर्ने बताएको छ । अध्यक्ष चिरन्जीवी ढकालले हालै गिरफ्तार परेको सो संगठनका कोषाध्यक्ष नरेन्द्र बिक र विद्यार्थी नेता प्रकाश सुनारलगायतलाई तत्काल रिहा नगरे शैक्षिक हड्ताल गर्ने बताउनु भएकाे हाे ।
चिरन्जीवीले सरकारले विना कारण आफ्ना नेता गिरफ्तार गरेको भन्दै मानब अधिकारकर्मी , शिक्षाविद र अन्य बिद्यार्थी संगठनलाई समेत रिहाइको लागि दवाब दिन अपिल गर्नुभएकाे छ ।
