दोश्रो विश्वयुद्ध लडेका कलाकार भिमबहादुर थापाको अन्तिम बिदाई, जेठी छाेरीले दिइन् दागबत्ती

दोश्रो विश्वयुद्ध लडेका कलाकार भिमबहादुर थापाको अन्तिम बिदाई, जेठी छाेरीले दिइन् दागबत्ती

  • बुधबार, जेष्ठ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडाैं, ३० जेठ ।

९२ बर्षको उमेरमा निधन भएका बरिष्ठ कलाकार भिमबहादुर थापाको पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ ।  गएराती २ बजे आफ्नै निवास मैतिदेवीमा उनकाे निधन भएको थियो ।

उनलाई जेठी छोरीले दागवत्ती दिएकी थिइन् ।उनका २ छोरी र १ छोरा छन् । तर छोरा अमेरिकामा भएकाले जेठि छाेरीले दागबत्ती दिएकी हुन् ।

भिमबहादुरले अभिनय गरेको पछिल्लो चलचित्र ‘छक्का पन्जा २’ थियो ।थापा निर्देशक दिपाश्री निरौलाका ‘धर्म पिता’ समेत हुन् । दिपाश्री आफ्ना ‘धर्म पिता’को निधनमा भावूक देखिइन् । उनी, चलचित्र ‘छक्का पन्जा ३’को पोखराको छायांकन स्थगित गरेर आज बिहान काठमाण्डौ आएकी थिइन् । थापालाई श्रद्धाञ्जली दिनका लागि चलचित्र र टेलिभिजन क्षेत्रका कलाकर्मीको उपस्थिती थियो ।

पशुपति आर्यघाटमा नै उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार निर शाह, कलाकारहरु बसुन्धरा भुषाल, चैत्यदेवी, रविन्द्र खड्का लगायतका कलाकारले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

वि.सं १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा जन्मएका थापा सन् १९४२ मा वृटिश आर्मीमा भर्ना भइ सन् १९४५ को दोश्रो विश्वयुद्धमा समेत लडेका थिए । उनी दोश्रो विश्वयुद्धको समाप्तीपछि विरताको कदरस्वरुप प्रदान गरिएको डिफेन्स मेडल, जनरल सर्भिस, ब्रह्मास्टार जस्ता तक्मा छातीमा लगाएर त्यसबेलाको २-३ हजार भारु बोकेर गाउँ फर्किएका थिए ।

नेपाल आर्मीको मेजर सम्मको पदमा पुगेका थापाले उमेर हकका कारण वि.सं २०३९ सालमा जागिरबाट अवकाश पाएका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिदै सम्मान प्रकट गरेको थियो ।

थापाले वृटिश र नेपाल आर्मीको गरि १४ वटा मान पदक, गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट जस्ता सम्मान प्राप्त गरेका छन् । उनले वि.सं २०४१ सालमा निर्माण भएको चलचित्र ‘के घर के डेरा’बाट नेपाली चलचित्रमा अभिनय थालेका थिए । उनले ६ दर्जन चलचित्र, डेढ सय टेलिफिल्म र ५० भन्दा बढी विज्ञापनमा काम गरेका छन् भने आधा दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ