न्यायमूलक समाज निर्माण गर्नेमा मन्त्री थापाको जोड

न्यायमूलक समाज निर्माण गर्नेमा मन्त्री थापाको जोड

  • बुधबार, जेष्ठ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

भक्तपुर, ३० जेठ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अहिलेको स्थिर सरकारले देशलाई आर्थिक, विकास र सामाजिक रुपमा समृद्ध बनाउँदै न्यायमूलक समाज निर्माण गर्ने बताउनुभएको छ ।

आज गठ्ठाघरस्थित आस्था महिला विद्यालयको दशौँ वार्षिकोत्सवमा उहाँले संविधानको मर्मलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जनताको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । जनताको साथ र सहयोग रहेमा आगामी पाँच वर्षभित्र सरकारले सजिलै देशको आमूल परिवर्तन गर्दै आर्थिक र सामाजिक रुपमा देशलाई समृद्ध बनाउन सक्ने जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयका उपसचिव बद्री पौडेलले महिलाले स्थापना गरेको यो विद्यालय नमूनाका रुपमा अगाडि बढेको चर्चा गर्नुभयो ।

पूर्वसभासद् केदार सञ्जेल, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, विद्यालयकी प्रिन्सिपल पार्वती ज्ञवाली लगायतले पढाइ छाडेर वा पढाइबाट वञ्चित भएर बसेका महिलाका लागि यो विद्यालय बरदान साबित भएको चर्चा गर्नुभयो ।

त्यस अवसरमा विद्यालयले प्रकाशित गरेको ‘आस्था’ स्मारिका लोकार्पण गर्नुका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ