३० जेठ,रसुवा । अखिल क्रान्तिकारीका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । रसुवा जिल्ला सम्मेलनको तयारीमा रहेका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बद्री अधिकारी, धादिङ जिल्ला संयोजक इश्वर पाण्डेसहित पाँच जनलाई प्रहरीले मंगलबार गरेको हो ।अधिकारी संगठनको तामासालिङ इन्चार्ज समेत हुन् ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी रसुवाको जिल्ला सम्मेलनको तयारी भइरहेको थियो । प्रहरीले सामान्य सोधपुछको लागि गिरफ्तार गरिएको बताएको छ ।
सोमबार मात्रै अध्यक्ष चिरन्जीवी, कोषाध्यक्ष नरेन्द्र बिकसहित तीन जनालाई गिरफ्तार गरिएको थियो । मंगलबा ढकाललाई रिहा गरेपनि अन्य दुई नेतालाई प्रहरीले हिरासतमा राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline