मध्यराती अरूण तेस्राेमा बम प्रहार

मध्यराती अरूण तेस्राेमा बम प्रहार

  • बुधबार, जेष्ठ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डाै, ३० जेठ  ।

संखुवासभाको खाँदबारी–९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । कार्यालयमा मंगलबार राति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो ।

अरुण तेस्रोको हेडक्वाटरभन्दा माथितिर रहेकाे बाटोभन्दा उत्तरतिर बाट बम प्रहार भएकाे प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयाे । कुनै पनि क्षति भने भएको छैन ।’

कार्यालयभन्दा टाढै बनमाराको झाडीमा बिस्फोट भएकाले कुनै क्षति भएको छैन । प्रजिअ अधिकारीले बम फ्याँक्ने समूहको खोजी जारी रहेको जानकारी दिनुभयाे । नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले काठमाण्डुबाटै अरुण तेस्रोको शिलान्यास गरेका थिए ।

अरुण तेस्रो जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ