काष्ठमण्डप मन्दिरकाे पुननिर्माणका लागि महानगरपालिकाद्वारा ५० लाख हस्तान्तरण

काष्ठमण्डप मन्दिरकाे पुननिर्माणका लागि महानगरपालिकाद्वारा ५० लाख हस्तान्तरण

  • मङ्लबार, जेष्ठ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

जेठ २९, काठमाडौं । काठमाडौ महानगरपालिकाले काष्ठमण्डपकाे पुननिर्माणका लागि अाज पुनर्निमाण समितिलाई ५० लाख रुपयाँ अनुदान हस्तान्तरण गरेको छ ।
राजधानिमा एक कार्यक्रमको आयोजना गरि काठमाडौ महानगरपाालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निमाण समितिका अध्यक्ष राजेश शाक्यलाई सो रकम हस्तान्तरण गरेका हुन् । गत बैशाख ३१ गते काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले संयुक्त रूपमा क्षमापूजा गरेर पुनः निर्माणको काम सुभारम्भ गरेका थिए । काठमाडौ महानगरपालिकाले मंगलवार १२ बुदे सहमतिपत्र जारी गर्दै महानगरपालिकाका मेयर र पुनर्निमाण समितिका अध्यक्ष राजेश शाक्यले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
पुनर्निर्माण कार्य गर्दा काष्ठमण्डपको पुरातात्विक, ऐतिहासिक तथा प्राचिन महत्वलाई पूर्ववत रहने गरी निर्माण गर्नू पर्ने सहमतिमा हस्ताक्षर भएको थियो । साथै यथाशक्य छिटो, मौलिक स्वरुप र दीगो रुपमा पुनःनिर्माण गर्नु पर्ने उल्लेख गरिएको छ । पुनर्निमाणका लागि आबश्यक परेमा महानगरले सहयोग गर्ने उल्लेख गरिएको छ । नेपाल सरकार संस्कृति सम्पदा तथा पर्यटन मन्त्रालय, पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग समेतको राय परामर्शका आधारमा काठमाडौं महानगरपालिको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघसंस्था आदिको सहयोगमा पुनर्निमाण गर्ने उल्लेख गरिएको छ ।
नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत भए बमोजिम गर्नु पर्ने, शाक्यको अध्यक्षतामा ५५ जना स्थानीय, विषय सम्वद्ध सरोकारवाला व्यक्तिहरु सम्मिलित काष्ठमण्डप पुनर्निर्माण समितिले नेपाल सरकार, प्रदेश सरकार तथा अन्य व्यक्ति संघसंस्था समेतबाट आर्थिक स्रोत जुटाई काष्ठमण्डप पुनःनिर्माण गर्ने उल्लेख छ । पुरानै काष्ठमण्डप पुनःनिर्माणमा एक संरक्षक समूह हुनेछ ।
समाजका प्रतिष्ठित व्यक्तिहरुको संरक्षक समूहमा रहने , प्रथम पक्षबाट उपलव्ध भएको आर्थिक अनुदानको रकम खर्च भएको विस्तृत विवरण महानगरलाई उपलव्ध गराउनु पर्नेछ, नियमित अनुगमन, सुपरिवेक्षण गर्ने , काष्ठमण्डप पुनःनिर्माण गर्न भएको यो सहमतीपत्र कार्यान्वयन गर्दा कुनै विवाद उत्पन्न भएमा आपसी सहमतीबाट विवाद समाधान गरिन कुरा उल्लेख गरिएको छ । सहमति पत्रका आधारमा काष्ठमाण्डप पुनर्निमाणको काम सुरु गर्नको निम्ति महानगरले पहिलो पटक सो रकम पुनर्निमाण समितिलाई हस्तान्तरण गरेको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काष्ठमाण्डप पुनर्निमाण गर्न तीन वर्षको समय नलाग्ने बताएका छन् । नक्सापास देखि डिजाइन सम्पुण तयारी पुरा भइसकेकाले निरन्तर काम गरेको खण्डमा समय नलाग्ने बताएका छन् । उनले भने,‘ हाम्रो सम्पदा आफै बनाउँ छौ भन्ने उदेश्यका साथ लाग्नु पर्छ ।’ काष्ठमाण्डप त एक उदाहरण मात्र हो अरु थुप्रै सम्पदाहरु निर्माण गर्न बाँकि छन्।
स्थानीय स्थरबाटै तोकिएको समयमै निर्माण भए विश्वासको वातावरण सिर्जना गर्न सकिने उनको भनाइ छ । पुनर्निमाण समितिका अध्यक्ष राजेश शााक्यले काष्ठमाण्डप पुनर्निमाणमा तीन बर्षको समय नखर्चिने बताएका छन् । तोकिएको समय अगाबै पुनर्निमाण सकिने बताए । जुननसुकै काम पनि तोकिएको समय भित्रै सिध्याउने आफ्नो बानि रहेको समेत दावि गर्दै समय अगाबै सिध्याउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन्

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी