ट्रम्प र किमबीचकाे वार्ता ५० मिनेट चल्याे, दुवैले भने- मतभेद ताेडेर नयाँ सम्बन्ध सुरू भयाे(१० तस्बिर)

ट्रम्प र किमबीचकाे वार्ता ५० मिनेट चल्याे, दुवैले भने- मतभेद ताेडेर नयाँ सम्बन्ध सुरू भयाे(१० तस्बिर)

  • मङ्लबार, जेष्ठ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

एजेन्सी, २९  जेठ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित पहिलाे शिखर वार्ता सकिएकाे छ ।

सिंगापुरमा केहीबेरअघि सकिएकाे वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प पहिले र त्यसलगत्तै किम बाहिरिएका छन् ।

एेतिहासिक वार्तापछि दुवै नेताले पहिलाे वार्ता फलदायी भएकाे  प्रतिकृया दिए । राष्ट्रपति ट्रम्पले किमसँगकाे सम्बन्ध अागामी दिनमा पनि साैहार्दपूर्ण रहने विश्वास व्यक्त गरेका छन् ।

पुराना मतभेदलार्इ भुलेर अाफूहरू अगाडि बढिसकेकाे भन्दै उनले दुर्इ देशबीच नयाँ शिराबाट सम्बन्ध स्थापति भएकाे बताए ।

यस्तै, किमले कयाैँ बाधा, असमझदारीहरूलार्इ चिर्दै भएकाे शिखर वार्ता एेतिहासिक बन्न पुगेकाे  प्रतिकृया दिए ।दुर्इ नेताबीचकाे एकान्त ‘वन टु वन’ वार्तामा दोभासेलार्इ मात्र प्रवेशकाे अनुमति थियाे ।

विश्लेषकहरूले याे वार्तालार्इ थुप्रै कारणले एेतिहासिक भनेका छन् । वार्तापछि उत्तर कोरियाली प्रतिनिधिमण्डल अाजै प्योङयाङ फर्कने कार्यक्रम छ । ट्रम्प पनि आजै अपराह्न अमेरिका फर्कने कार्यक्रम छ ।

वार्तापछि दुवै नेता प्रफुल्लित देखिए । सञ्चारभरका प्रमुख सञ्चारमाध्यमकाे ध्यान खिचेकाे साे वार्तालार्इ केही फाेटाे पत्रकारहरूले यसरी क्यामेरामा कैद गरेका छन् ।

 

 

 

 

 

तस्बिर : विभिन्न सञ्चारमाध्यम र एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी