२८ जेठ, काठमाडौं ।
सडक बिस्तारको क्रममा ललितपुरको बटुक भैरव मन्दिरको कम्पाउन्डमा डोजर चलाएपछि लगनखेलका स्थानीय बिरोधमा उत्रिएका छन् ।
मन्दिर अघिको सेनाको पेट्रोल पम्पलाई बचाएर सडक विस्तारका नाममा मन्दिरभित्र मात्रै डोजर चलाएपछि मन्दिरमाथि नै सरकारी अतिक्रमण हुन लागेको भन्दै उनीहरुले चर्को बिरोध गरेका छन् ।
पेट्रोल पम्बपलाई बचाएर मन्दिर मास्ने खेलमा उपत्यका विकास प्राधिकरण लागेकोस्थानीयको आरोप छ । उक्त सडक २२ मिटर फराकिलो बनाउने गरी प्राधिकरणले डोजर चलाएको थियो ।
सुरक्षाकर्मीको सहयोगमा डोजर लिएर गएपछि स्थानीयबासिन्दा प्रतिकारमा गरेका थिए । तर, बल प्रयोग गरेर मन्दिर छेउको गुठी जग्गाको कम्पाउन्ड भत्काइएको थियो ।
यो मन्दिर लक्ष्वीकालीन भएको अनुमान छ । विशेषगरी नेवार समुदायको आस्थाको धरोहर भएका कारण यसको अस्तित्वमा असर पर्ने गरी सडक विस्तार गर्न नहुने माग स्थानीयले गरेका छन् ।