काठमाण्डौ, २८ जेठ ।
नेकपा निकट बिद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ । आज काठमाण्डौको जाेरपाटीबाट अध्यक्ष ढकाल सहित काेषाध्यक्ष नरेन्द्र बि.क. र अर्का बिद्यार्थी नेता प्रकाशलाइर् पनि गिरफ्तार गरेकेा जनाईएको छ ।
ढकाललगायतलाई काठमाडौंको जोरपाटी नजिक अपांगबाट एक कार्यक्रममा जाँदै गर्दा बाटोमा हिंडिरहेका बेला गिरफ्तार गरिएको हो । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा लगिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।
शैक्षिक क्षेत्र विकृति र विसंगति तथा नीजि विद्यालयहरुले लिइरहेको चर्को शुल्क विरुद्ध अखिल (क्रान्तिकारी) लगायत ८ विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेको बेला अध्यक्षसहित विद्यार्थी नेताहरुलाई गिरफ्तार गरिएको हो ।
गिरफ्तारबारे विस्कृति विवरण आउँन बाँकी छ । अपहरण शैलीमा सादा पोशाकका प्रहरी टोलीले गिरफ्तार गरिएको स्रोतले बताएको छ ।
बृद्धि शुल्क फिर्ता, पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लगायतका माग राख्दै संघर्ष गरिरहेको अखिल (क्रान्तिकारी)ले हिजो मात्रै काठमाण्डौमा पार्टीका शिर्ष नेताहरुको सहभागीतामा अन्तरक्रिया गरेको थियो । कमलादीस्थित प्रज्ञाभवनमा आठ वटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमको ढकालले संचालन गरेका थिए ।