भ्रष्टचारी अारोपमा सुस्ता गाउँपालिका प्रमुखलाई कालोमोसो

भ्रष्टचारी अारोपमा सुस्ता गाउँपालिका प्रमुखलाई कालोमोसो

  • सोमवार, जेष्ठ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

नवलपरासी, २८ जेठ ।

अाज बिहान सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेयलाई जनपरिषद्ले कालो मोसो दलेको छ । जनपरिषद नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनसत्ता हाे ।

जनपरिषद् नवलपरासीले प्राकृतिक स्रोत–साधनको दोहन र भ्रष्टचार गरेको भन्दै कालोमोसो दलेर सामाजिक कारवाही गरिएको जनाएको छ । यो क्रम देशभर चलिरहेको समेत उसले जनाएको छ । पाण्डेयलाई सचेत गराउन मोसो दलेको जनाइएको छ ।

गाउँपालिकाभित्र विभिन्न शीर्षक बनाएर कर असुलेको, गाउँपालिकाका क्षेत्रभित्र पर्ने विभिन्न क्षेत्रका अवैध रुपमा तस्करसँग मिलेर गिट्टी, बालुवा, ढुंगा, काठ बेचेर मोटो रकम कमिसन लिएको, बोर्डिङ स्कूल संचालन गरेर चर्को विद्यार्थी अभिभावकसँग चर्को असुलेको, सुकुम्वासीलाई विस्थापित गराउन मुख्य भूमिका खेलेकालगायत ७ वटा कारण औल्याएर पाण्डेयमाथि निवासमै कारवाही गरिएको हो ।

यस्तै गरी पाण्डेयलाई दलाल राज्यसत्ताको मतियार बनेर स्थानीय रुपमा स्थानीय, परिवर्तनकारी र क्रान्तिकारीलाई आतंकित तुल्याउने हर्कत गरेको गम्भीर आरोपसमेत लगाइएको छ । यसअघि पाण्डेयलाई जनपरिषद्ले मौखिक र लिखित दुवै तरिकाबाट राजीनामा दिन पटकपटक आग्रह गर्दै आएको थियो ।

यस्ता छन् पाण्डेयमाथिका ७ अरोप

१. दलाल राज्यसत्ताको मतियार बनी राज्य आतंक सिर्जना गर्न स्थानीय तहमा सक्रिय रहेको ।
२.गाउँपालिकाभित्र चर्को कर असुली आमजनताको ढाड सेकेर थला पारेको ।
३. प्राकृतिक स्रोतसाधन गिट्टी, बालुवा, ढुंगा, काठको अत्याधिक दोहन गरी मोटो रकम कमिशन खाएको ।
४ बोर्डिङ स्कूलका नाममा जनतासँग चर्को शुल्क उठाई शिक्षालाई व्यापारीकरण एवं शैक्षिक माफिया भएका ।
५. तथित स्थानीय चुनावमा लाखौं रकम खर्च गरी जनतालाई विभिन्न प्रलोभनमा पारी भ्रमित पारेको ।
६. जिल्ला जनपरिषद्ले पटकपटक राजीनामा दिन पत्राचार गर्दा पनि बेवास्ता गरेको ।
७. गाउँपालिकाभित्र बसोबास गर्ने आम सुकुम्वासीहरुलाई षडयन्त्रपूर्ण रुपमा विस्थापित गर्न खोजेका ।

गाउँपालिका प्रमुख पाण्डेयलाई सचेतनास्वरुप कालोमोसो दलेर कारवाही गरिएको नवलपरासी जिल्ला जनपरिषद्द्वारा सोमबार बिहान घटनास्थलामा छरिएको पर्चामा उल्लेख गरिएको छ । नेकपाले दलाल र भूमाफियाहरुले कीर्ते गरेर र सोझा नागरिकलाई झुक्यएार जग्गा अाफ्नो नाममा गरेको भन्दै त्यस्ता जग्गा समेत पार्टीको झण्डा गाडेर कब्जाको घोषणा गर्दै अाइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ