काठमाडौं, जेठ २८ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले निरन्तर सरकारले बढाएको पेट्रोलियम पदार्थको मृल्यवृद्धि प्रति आपत्ति जनाउदै विरोध प्रदर्शन गरेको छ ।
सरकारले जनताको ढाड सेक्ने गरि पेट्रोलिय पदार्थको मूल्यवृद्धि गरेको भन्दै विद्यार्थी परिषदले आइतबार राजधानीको रत्नपार्कमा रचनात्मक शैलीमा विरोध प्रदर्शन गरेको हो ।
विद्यार्थी परिषदको उक्त विरोध कार्यक्रमलाई संबोधन गर्दै परिषद्का राष्ट्रिय सचिव छितराज न्यौपानेले सरकारले बढाएको मुल्य वृद्धि तत्काल समायोजन गर्न आग्रह गर्नु भयो ।
उहाँले मुल्य वृद्धि तत्काल समायोजन गरेर जनताको दैनिकी सहज रुपमा चल्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
सरकारले कर सहित पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिका कारण बजारमा दैनिक उपभोग्य वस्तुहरुमा समेत मुल्य वृद्धि भएको छ । जसको प्रत्यक्ष मारमा सर्वसाधरण परिरहेका छन् ।