नेकपाले गर्याे रामेछापमा ६ जनाको ९९ रोपनी जग्गा कब्जा, यस्ता छन् ४ कारण

नेकपाले गर्याे रामेछापमा ६ जनाको ९९ रोपनी जग्गा कब्जा, यस्ता छन् ४ कारण

  • सोमवार, जेष्ठ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

२८ जेठ,रामेछाप । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् रामेछापले जिल्लामा ६ जनाको नाममा रहेको जग्गा कब्जा गरेको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–१ खैरेनीमा रहेको उक्त जग्गा आइतबार मध्यराति झण्डा गाडेर कब्जा लिएको घोषणा गरेको हो । सोही ठाउँमा टाँसेको अपीलअनुसार खाँडादेवी–१ राकाथुमका मानबहादुर तामाङ, सिंहबहादुर लामा, गणेशबहादुर तामाङ, सोही गाउँपालिकाको वडा नम्बर २, मझुवाका रोजबहादुर तामाङ र तेजबहादुर तमाङ, दोरम्बा गाउँपालिका–२ दोरम्बाका चण्डिलाल तामाङको नाममा रहेको उक्त जग्गा कब्जामा लिएको उल्लेख छ ।

यस्ता छन् चार कारण

जनपरिषद्ले २०३८/३९ सालतिर उनीहरुले सार्वजनिक लिएको सार्वजनिक अपीलमा उल्लेख छ । त्यसैगरी जग्गा कब्जा गर्नुका चार कारण पनि बुँदागत रुपमा उल्लेख गरिएको छ ।

१. नापी विभागलाई ठूलो रकम दिई अमिन ल्याई नक्सा पास गरेको ।

२. गाउँका सोझा सिधा जनतालाई ललाई फकाई जग्गा दिन्छु भन्दै पैसा उठाएको तर हालसम्म जग्गा पनि नदिएको र पैसा पनि नदिको ।

३. नीज व्यक्तिहरु ज्नविरोधी क्रियाकलापमा संलग्न भएको ।

४. सार्वजनिक जग्गा पैसाको भरमा व्यक्तिको नाममा गरी किनबेचको प्रचार गरी जनता ठगेको ।

कब्जा गरिएको जग्गा किनबेच गरे जस्तोसुकै कमद चाल्न बाध्य हुने चेतवानी पनि जनपरिषद्ले दिएको छ ।

यस्तो छ सार्वजनिक अपील

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ