अदालतले छाडेलगत्तै दुई बर्षे छोरीसहित नेकपा नेतृ वीरता पुनः पक्राउ, इलामबाट रिहा पाँच जनालाई पनि प्रहरीले समायो

अदालतले छाडेलगत्तै दुई बर्षे छोरीसहित नेकपा नेतृ वीरता पुनः पक्राउ, इलामबाट रिहा पाँच जनालाई पनि प्रहरीले समायो

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

ईटहरी, २७ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी( नेकपा) की नेतृ वीरता क्षेत्रीलाई अदालतले रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ ।
जिल्ला अदालत इनरुवाले रिहा गरेलगत्तै प्रहरीले दुई बर्षिय छोरी सहित नेकपाकी इटहरी नगर सेक्रेटरी विरतालाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको जनाएको छ ।
वैशाख ३१ गते ईटहरीबाट गिरफ्तार गरिएकोमा आज अदालतले रिहा गरेको थियो । अदालत परिसरबाटै उनलाई गिरफ्तार गरेको जनाईएपनि कहाँ लगिएको छ भन्ने अहिलेसम्म जानकारीमा आउन सकेको छैन ।
यसबिषयमा बुझ्दा प्रहरीले पक्राउ गरेको बारे जानकारी नभएके जनाएको छ । एसपि राजन अधिकारीले आफुलाई यसबारे जानकारी नभएको बताउनु भयो ।
वीरतासँग गिरफ्तार सर्वसाधारण नवराज ढकाल र निरज अधिकारी भने कारागार चलान भएका छन् ।

उता, इलाम कारागारमा राखिएका सुनसरीका पाँच जनालाई पनि आज छाडे लगत्तै गिरफ्तार गरेको छ ।
धरौटी बुझाएर कारागारबाट रिहा भएलगत्तै राष्टिय मानवअधिकार आयोगको क्षेत्रीय टोलीको अगाडिबाटै प्रहरीले गिरफ्तार गरेको जनाईएको छ । पक्राउ पर्नेहरुमा सुरेश राई , सुरज राई, मोहन कार्की। लक्षमण कार्की र रोशन ढकाल रहेका छन् ।

गत चैत ७ गते गिरफ्तार गरेर उनीहरूलाइ सुनसरी , झापा  हुँदै इलाम पुर्याइएकाे थियाे ।  उनीहरुलाई यसअघि गिरफ्तार गरि ईलाम पुर्याइृएको थियो । आज भने संखुवासभा लगिएको जनाईएको छ ।
केपि ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई निगरानी , धरपकट र गिरफ्तारी बढाएसँगै सबैभन्दा बढी पूर्वको सुनसरीबाट पक्राउ परेको जनाईएको छ
प्रदेश १ मा सबैभन्दा धेरै नेकपा नेता कार्यकर्ता सुनसरीबाट गिरफ्तारमा परेका छन् । हालसम्म ११ जना पक्राउ परेकोमा २ जना रिहा भएका छन् भने ३ जना कारागार , ५ जना संखुवासभा, १ जना हिरासतमा छन् ।
नेकपा सुनसरीले भने आफ्ना गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ