भक्तपुरमा स्कुल नगएकाे भन्दै अाफ्नै बाबुले गरे छाेराकाे हत्या

भक्तपुरमा स्कुल नगएकाे भन्दै अाफ्नै बाबुले गरे छाेराकाे हत्या

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

भक्तपुर, २७ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटी घर भई हाल भक्तपुर नपा १० भत्क्यापाटी बस्ने ३५ वर्षीय पलमान गिरीलेस्कुल नगएको भन्दै आफ्नै छोरामाथि छुरा प्रहार गरेका छन्। बिरामी भएर स्कुल नगई सुतिरहेका छोरामाथि छुरा प्रहार गर्दा उनको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गिरीले आज १२ वर्षीय आफ्नै छोरा प्रतीक गिरीमाथि छुरा प्रहार गरेका हुन्। मानसिक अवस्था ठीक नभएका बाबु पलमानको छुरा प्रहारबाट घाइते प्रतीकलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो।

भक्तपुरमा उपचार सम्भव नभएपछि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज रिफर गरिएकोमा त्यहीं उपचारको क्रममा मृत्यु भएको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयाे ।

घरमा कोही नभएको बेला घटना भएकाले प्रतीकलाई बचाउन नसकिएको प्रतीकका ठूलोबुबाका छोरा कपिलले बताएका छन् ।तीन महिनाअघि लगानी गरेको व्यवसाय बिग्रेपछि पलमान डिप्रेसनको शिकार भएको परिवार बताउछ ।

उक्त व्यवसाय बिग्रेपछि उनी खाली हात छन्। जसले गर्दा झन् झन् डिप्रेसनमा गएको परिवारको बुझाइ छ। जसले गर्दा छोराछोरीलाई नपढेको भन्दै गाली गर्ने झर्कने र कराउने गरेको कपिल सुनाउँछन्। घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनामा संलग्न पलमान प्रहरीको नियन्त्रणमा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ