स्कुलमा चट्याङ पर्दा पढिरहेका दुर्इ जनाकाे मृत्यु, सात जना घार्इते

स्कुलमा चट्याङ पर्दा पढिरहेका दुर्इ जनाकाे मृत्यु, सात जना घार्इते

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

वीरेन्द्रनगर, २७ जेठ ।  चिंगाड गाउँपालिका–४ मटेलाको प्राथमिक विद्यालय धनापानीमा पढिरहेका विद्यार्थीमाथि चट्याङ्ग पर्दा दुईजनाको मृत्यु भएकोे छ । अन्य सातजना घाइते भएका छन् ।

आइतबार बिहान ११ बजेतिर कक्षामा दोस्रो विषय अध्ययन गरिरहेकै अवस्थामा तीव्र वर्षासँगै परेको चट्याङ्गबाट मेटलाका ७ वर्षीय अम्बरबहादुर चन्द र अर्की ७ वर्षीया निर्मला चन्दको मृत्यु भएको हो ।

कक्षामा पढाइरहेका बेला टिनको छानमाथि एक्कासी चट्याङ्ग परेपछि दुईजनाको घटनास्थलमै मृत्यु भएको स्थानीय समाजसेवी डोरप्रसाद शर्माले जानकारी दिए ।

चट्याङ्गबाट घाइते सातमध्ये पाँचजनाको मटेला स्वास्थ्य चौकीमै सामान्य उपचारपछि घर फर्काइएको छ भने, दुईजनाको उपचार भइरहेको छ । कक्षा दुईमा अध्ययनरत ६ वर्षका निर्मल चन्द र पाँच वर्षीया पवित्रा शाहीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । चट्याङ्गबाट विद्यालयमा समेत क्षति पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ