बाबु अामाको सिको गर्दै तीन वर्षीया बालिकाले रक्सी पिएपछि तीन बर्षिय छाेरी जीवनमरणको दोषाँधमा

बाबु अामाको सिको गर्दै तीन वर्षीया बालिकाले रक्सी पिएपछि तीन बर्षिय छाेरी जीवनमरणको दोषाँधमा

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

दमौली, २७ जेठ । अामा बाबुले खानेगरेकेा देखेर छाेरीले साेहि नक्कल गर्दा छाेरी गम्भिर बिरामि परेकी छिन् । आफ्ना बाबु आमाले पिउने रक्सी पिउँदा शुक्रबारबाट अचेत बनेकी म्याग्दे–७ की तीन वर्षीया बालिकाको अझै होस खुल्न सकेको छैन । बालिका जीवनमरणको दोषाँधमा छिन् । अभिभावक भने खराब कामका कारण पछुतो मानिरहेका छन् ।

शुक्रबार विहान घरमा कोही नभएका बेला उनले रक्सी पिएकी थिइन् । रक्सी पिएर अचेत अवस्थामा निदाएकी बालिका बोलाउँदा नबोलेपछि अभिभावकले शुरुमा झारफुक गरेका थिए ।

झारफुकबाट निको नभएपछि बालिकालाई स्थानीय एम्बुलेन्सको सहायतामा दमौली अस्पताल ल्याइएको थियो । तर अस्पतालमा आउँदा अक्सिजन निकै कम भएपछि चिकित्सकले अक्सिजन दिएर बालिकालाई पोखरा रिफर गरेका थिए ।

उनको उपचारमा संलग्न डा. ऋषभ शर्माले अत्यधिक मदिरा सेवनका कारण बालिकाको दुवै फोक्सो खराब भएको र अक्सिजनसमेत कम भएपछि पोखरा रिफर गरेको बताए । उनले दमौलीमै सुधारको सम्भावना कम देखिएकाले पोखरा रिफर गरेको जानकारी दिएका छन् ।  दुवै फोक्सोमा रक्सी सड्किएको हुनसक्ने अनुमान गर्दै उनले अवस्था गम्भीर भएकाले ज्यान जोगाउन पोखरा रिफर गरेका बताए ।

दमौलीबाट पोखरा रिफर भएकी ती बालिकालाई अक्सिजन दिएर पठाइएको थियो । उनको अहिले पनि चिन्ताजनक अवस्थामा मणिपालको बालबालिका अति सघन कक्षमा उपचार भैरहेको अस्पतालले जानकारी दिएको छ ।

दमौली अस्पतालमा बिरामी लिएर आएका एलिसाका बाबु यमबहादुरले कहिलेकाहीं आफूले खाँदा छोरीलाई पनि रक्सी दिने गरेको खुलाए । तर आफूहरुले नदेखेका बेला छोरीले अधिक रक्सी खाएको कुरा झारफुकका क्रममा मात्र थाहा पाएको उनले बताए । अति चिन्ताजनक अवस्थामा छोरीको उपचार भैरहेका बेला बाबु यमबहादुरले गल्तीप्रति पछुतो मानिरहेका छन्् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ