यसरी असफल भयाे नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीलाइ हटाउने याेजना

यसरी असफल भयाे नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीलाइ हटाउने याेजना

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डाै, २७ जेठ । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै स्पष्टीकरण सोधिएको नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीलाई सरकारले सुध्रिने मौका दिएको छ ।
कामिनीले दिएको स्पष्टिकरण मन्त्रिपरिषदमा पुगेको छ । आइतबारको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई सचेत मात्र गर्न निर्णय गरेको छ । योसँगै उनले टेलिकममा निरन्तरता पाउने पक्का भएको छ ।

अब उनले टेलिकमको सेवा विस्तार तथा गुणस्तर बृद्धि गर्नुपर्नेछ । उनीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किादै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको आरोप लागेको थियो । टेलिकमको सेवा सुधारमा कामिनीको भूमिका कमजोर भएको भन्द्यै स्पष्टीकरण सोधिएको थियो ।

राजभण्डारीलाई बर्खास्त गर्ने योजना सञ्चार मन्त्रालयले बनाइसकेको थियो । तर, स्पष्टीकरण सोधिएपछि राजभण्डारीलाई जोगाउन विभिन्न शक्तिकेन्द्रहरुमा चलखेल सुरु भएको थियो । सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटामाथि बिभिन्न ठाउाबाट दबाब समेत पारिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण पनि लिएका थिए । त्यसक्रममा उनले टेलिमको इन्जिन फेर्ने चेतावनी पनि दिएका थिए ।

नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लगाइएको थियो । त्यस्तै टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रुपैयाँ सेवा सुविधाका नाममा दुरुपयोग भएको आरोपसमेत टेलिकमको व्यवस्थापनमाथि लागेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ