संघीय सरकारमा सहभागी नहुने महतोको भनाइ

संघीय सरकारमा सहभागी नहुने महतोको भनाइ

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

विरानगर, २७ जेठ । 

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सामु उहाँले संविधान संशोधनका विषयमा लिखित प्रस्ताव आएमा मात्र सरकारमा जाने प्रष्ट पार्नुभयो ।

अध्यक्ष मण्डलका सदस्य महतोले संविधान संशोधनका विषयमा विगतमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै वर्तमान सरकारमा सहभागिता भन्दा पनि राजपाको मुख्य एजेण्डा संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गर्नुभयो ।

संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटक पटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण तयार नभएको बताउँदै उहाँले संविधान संशोधन आश्वासनका रुपमा होइन लिखितरुपमा आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेता महतोले प्रदेश नं २ का जनताको आन्दोलन र मतबाट निर्माण भएको प्रदेश सरकारबाट राजपा अलग नहुने पनि प्रष्ट पार्नुभयो । उहाँले आफ्नो पार्टीप्रति जनताको विश्वास रहेकाले जनताको भावनाविरुद्ध राजपाले कुनै पनि निर्णय नलिने उल्लेख गर्नुभयो ।

पत्रकारको जिज्ञासामा नेता महतोले अहिले प्रदेश नं २ को सरकारबाट नहट्ने पार्टीको आधिकारिक निर्णय भएको, कार्यकारिणी राष्ट्रपति प्रणालीका सम्बन्धमा संघीय संसद्मा कुनै छलफल नभएको र राजपा संसदीय प्रणालीप्रति समर्पित पार्टी भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ