नेकपाको कार्यालयमा मध्यरात प्रहरीले आक्रमण गरी सबै सामान कब्जाः इन्चार्ज बिसी गम्भीर घाइते, तामाङ गिरफ्तार

नेकपाको कार्यालयमा मध्यरात प्रहरीले आक्रमण गरी सबै सामान कब्जाः इन्चार्ज बिसी गम्भीर घाइते, तामाङ गिरफ्तार

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

चितवन, २७ जेठ । चितवन प्रहरीले मध्यरातमा नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा अाक्रमण गरी एक कार्यकर्तासहित सम्पूर्ण सामानहरु कब्जामा लिएको छ ।

भरतपुर महानगरपालिका–१० स्थित भोजाडमा जिल्ला इन्चार्ज लालबहादुर बिसीसहितको कार्यालय टीममाथि प्रहरीले गए राति आक्रमण गरी नगदसहित कार्यालयका सम्पूर्ण सामानहरु कब्जामा लिएको हो । अर्को ठाउँ कार्यालय सार्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको इन्चार्ज बिसीले बताएका छन् ।

बिसीले एक विज्ञप्ति निकालेर कार्यालय सार्दै गर्दा प्रहरीले मध्यरात चारैतिरबाट घेरा हालेर एक कार्यकर्तासहित सामानहरु कब्जामा लिएको बताए । बिसीका अनुसार प्रहरीले नगद एक लाख रुपैयाँ, ल्यापटप एक थान, मोवाइल ६ थान, मोटरसाइलक एक थान, बिसीका कपडा चार जोड, किताब ५, कपी–डाइरी ८ थान, दैनिक उपयोग गर्ने समान कब्जामा लिएको छ ।

प्रहरीको आक्रमणमा परी इन्चार्ज बिसी गम्भीर घाइते भएका छन् । उनीसँगै रहेका अर्का कार्यकर्ता बिरु तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । आफ्नो कार्यालयमामाथि प्रहरीले युद्ध शैलीबाट अाक्रमण गरेको भन्दै बिसीले आपत्ती जनाएका छन् ।

गिरफ्तार तामाङसँगै कब्जामा लिएका सम्पूर्ण सामानहरु फिर्ता गर्न बिसीले माग पनि गरेका छन् । प्रहरीसँग भएको झडपमा परी इन्चार्ज बिसी गम्भीर घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ