मन्त्री पण्डितले दिए तीनै तहका कर्मचारीलार्इ यस्ताे निर्देशन

मन्त्री पण्डितले दिए तीनै तहका कर्मचारीलार्इ यस्ताे निर्देशन

  • शनिबार, जेष्ठ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

बुटवल, २६ जेठ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि बहानामा विकास निर्माण र सेवा प्रवाहलाई कमजोर नबनाउन तीनै तहका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतको संयुक्त आयोजनामा आज बुटवलमा आयोजित ‘प्रशासकीय पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाहको स्थिति र तहगत अन्तरसम्बन्ध’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मन्त्री पण्डितले कर्मचारीको योगदान र कार्यसम्पादनका आधारमा मूल्यांकन हुने बताउनुभयो ।

राष्ट्रसेवक कर्मचारीहरुका लागि काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्डको व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले असल सहकार्य र प्रगतिमा योगदान गर्न पनि आग्रह गर्नुभयो । प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको उक्त अन्तक्र्रियामा मन्त्री पण्डितले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरिक हुन आग्रह गर्नुभयो ।

उहाँले कुनै पनि कर्मचारीले अप्ठ्यारो नमान्ने गरी सबै कुराको व्यवस्थापन मिलाउन लागेको भन्दै कुनै पनि बहानाबाजी नगर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री पण्डितले सरकारले नयाँखालको मर्यादाक्रम बनाउन लागेको समेत बताउनुभयो ।

उक्त कार्यक्रममा प्रदेश सरकारका भौतिक योजना तथा यातायात मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा शंकर पाठक, सचिव दीपेन्द्र काफ्ले, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यलगायतले परिवर्तनको अनुभूति हुनेगरी काम गर्न जरुरी रहेको बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ