एजेन्सी २६ जेठ ।
सम्पन्न मुलुकहरुको समूह जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिएका छन्् ।
क्यानडामा भएको जी–सेभेनको बैठकमा ट्रम्पले रसियालाई पनि समूहमा सहभागी गराउनुपर्ने आकस्मिक प्रस्ताव गरेपछि उहा एक्लिनु भएको हो ।
बैठकमा राष्ट्रपति ट्रम्पले रुसलाई जी–सेभेन समूहमा सहभागी गराउनुपर्ने प्रस्ताव गर्नुभएको थियो । यसअघि जि सेभेन समुहमा रहेको रुसलाई क्रिमिया आफूमा गाभेपछि अन्य मुलुकहरुले निस्कासन गरेका थिए ।
अमेरिकी राष्ट्रपतिको प्रस्तावपछि जर्मनीका चान्सलर एन्जिला मर्केलले युरोपियन मुलुकहरु रुसलाई जि सेभेनमा सहभागी गराउन कुनै पनि हालतमा सहमत नहुने बताउनु भयो ।
त्यसैगरी बैठकमा अमेरिकाले हालै लगाएको स्टिल र आल्मुनियममाथिको करका विषयमा पनि चर्को आलोचना भएको छ । क्यानडीयन राष्ट्रपति जस्टिन टुडोले अमेरिकाले स्टिल र आल्मुनिया आयातमा लगाएको नयाँ कर गैरकानुनी भन्दै आलोचना गर्नुभयो ।
उहाले इरानसँगको परमाणु सम्झौता र जलवायु परिवर्तनका मुद्दामा अलग हुने अमेरिकी निर्णयको समेत आलोचना गर्नुभएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्् ।