काठमाडौ २६ जेठ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भुपरिवेष्टित विकाससिल राष्ट्रहरुको थिंक ट््याक बैठकमा सहभागी हुन आज मंगोलिया जाँदै हुनुहुन्छ ।
उलनबटारमा हुने सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली आज राती ११ बजे बेईजिङ्ग हुँदै मंगोलिया जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीन भएर मंगोलिया जाने मन्त्री ज्ञवालीले ट्रन्जीटका क्रममा बेईजिङस्थित नेपाली दूतावासका अधिकारीसँग बेईजिङमा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तयारीबारे जानकारी लिनु हुनेछ ।
बेईजिङस्थित नेपाली दुतावासमा उहाँले असार पहिलो साता हुने भनिएको प्रधानमन्त्री ओलीको भ्रमणको तयारी, एजेण्डा लगायत बिषयमा जानकारी लिनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलन अन्तराष्ट्रिय लगानी, सुचना, सञ्चार, प्रविधि र कनेक्टिविटिमा केन्द्रित रहनेछ । भुपरिवेष्टित विकाससिल राष्ट्रहरुको थिंक ट््याकको संस्थापक सदस्य राष्ट्र नेपालले बहुपक्षीय सम्झौतामा सहमती जनाईसकेको छ ।
मन्त्री ज्ञवाली सहित मंगोलियाका लागी गैर आवासीय राजदुत लिलामणि पौडेल सहित परराष्ट्र अधिकार उलनबटार पुग्नु हुनेछ ।
मंगोलियामा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च अधिकारी सहित अन्य मुलुकका समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ । मन्त्री ज्ञवाली बुधबार काठमाडौं फर्कनु हुनेछ ।