पूर्व रानीको नाममा रहेको १८१ रोपनी जग्गामा ठडियो विप्लव नेकपाको झण्डा

पूर्व रानीको नाममा रहेको १८१ रोपनी जग्गामा ठडियो विप्लव नेकपाको झण्डा

  • शनिबार, जेष्ठ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाण्डौ, जेठ २६ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नुवाकोटमा रहेको पूर्व रानी हेलेन शाहको नाममा रहेको १८१ रोपना जग्गालाई नियन्त्रणमा लिएको छ ।

नेकपाको आफ्नै सत्ता मानिने नुवाकोट जनपरिषदले पूर्व रानी हेलेन शाहको नाममा रहेको अन्नपूर्ण फार्मिङ प्रालिको १८१ रोपनी सेरा दरवार कब्जा गरेको हो ।

सो सार्वजनिक जग्गालाई भुमाफियाको रूपमा चिनिने विवेक श्रेष्ठले भोगचलन गर्दै आइरहेको भन्दै विप्लव नेकपाले सो कार्य रोक्न चेतावनी समेत दिएको छ ।

नुवाकोट जनसरकारले एउटा लामो पत्र लेखेर अब आइन्दा कसैले सो सार्वजनिक जग्गा हडपेको जानकारी प्राप्त भएमा तुरून्त गंभीर प्रकृतिको कार्वाही गरिने पनि सोही पत्रमा उल्लेख छ ।

विप्लव नेतृत्वको नेकपाले देशैभरि सामन्त र दलाल पुँजीपतिहरूको अखडामा आक्रमण गर्न थालेपछि दलालहरू आतंकित बन्न पुगेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ