एमके अग्रवालको घरमा सुन ओसार्ने ज्याकेट भेटियो !

एमके अग्रवालको घरमा सुन ओसार्ने ज्याकेट भेटियो !

  • शुक्रबार, जेष्ठ २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

२५ जेठ, काठमाडौं ।सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको घरबाट छापा मारेर प्रहरीले ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको स्रोतले जनाएको छ ।
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ ।
शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको स्रोतले जनाएको छ ।
घरमा भएको अन्य सुन अग्रवाल पत्नी निलमले लिएर कतै लुकेर बसेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘सुन राख्ने खाली डिब्बा र सुन बोक्ने ज्याकेट चाहिँ फेला पारेका छौं’, समिति स्रोतले भन्यो ।
प्रहरीले बा १० च २८२ नम्बरको गाडीसहित अन्य केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ ।onlinekhabar

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ