सुन तस्करी: मुख्य लगानीकर्ता एमकेको घरमा प्रहरीको छापा, दुर्इ किलो चाँदी, १० तोला सुन,३० लाख नगद भेटियो

सुन तस्करी: मुख्य लगानीकर्ता एमकेको घरमा प्रहरीको छापा, दुर्इ किलो चाँदी, १० तोला सुन,३० लाख नगद भेटियो

  • शुक्रबार, जेष्ठ २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

२५ जेठ, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।
उनको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको स्रोतले जनाएको छ । घरमा भएको अन्य सुन अग्रवाल पत्नी निलमले लिएर कतै लुकेर बसेको हुन सक्ने प्रहरीको अनुमान छ ।
उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ ।
शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले छापा मारेको हो ।
प्रहरीले बा १० च २८२ नम्बरको गाडीसहित अन्य केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवाललाई छानबिन समितिले उनलाई नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

यसअघि प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले गृह मन्त्रालयका सह(सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समित समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।
‘साढे ३३ किलो सुनमा मोहन अग्रवाल ‘एमके’ले लगानी गरेका थिए’, जिल्ला अदालत मोरङमा पेश भएको अभियोग पत्रमा उल्लेख गरिएको भुजुङको बयानमा भनिएको थियो, ‘त्यसको कमिसन मैले पनि पाउँथे ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ