जिम्मेवारीबिहीन बनाएको भन्दै गोपाल खड्काद्वारा राजीनामा, मन्त्री यादवले दिए धन्यवाद

जिम्मेवारीबिहीन बनाएको भन्दै गोपाल खड्काद्वारा राजीनामा, मन्त्री यादवले दिए धन्यवाद

  • बिहिबार, जेष्ठ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ जेष्ठ २४ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । उहाले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आजकै मितिबाट लागु हुने गरी राजीनामा दिएको बताउनु भएको हो ।

उहाले आफूलाई गत कात्तिकमा मन्त्रालयमा तानेर जिम्मेवारीबिहीन बनाएकोले यो पदमा बसिरहन उपयुक्त नभएको बताउनु भएको छ । उहाले आजै आपूर्ति मन्त्री मातृका यादवलाई राजीनामा पत्र बुझाउनु भएको छ ।
आयल निगममा हुँदा व्यापक अनियमितता गरेको आरोप लागेका खड्कालाई लागेको थियो ।

उहालाई इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेकाले निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालयमा हाजिर गराउने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो । उहाको अझै ६ महिनाको कार्यकाल बाँकी नै थियो ।

यसैबिच उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादवले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएकोमा धन्यवाद दिनुभएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले खड्कालाई ‘मन्त्रालयलाई काम गर्न सहज वातावरण बनाइदिएको भन्दै धन्यवाद दिनुभएको हो ।

मन्त्री यादवले नेपाल आयल निगममा नयाँ नियुक्तिका लागि छलफल थाल्ने पनि बताउनु भयो । उहाले निगममा अब नयाँ नियुक्ति गर्दा प्रतिस्पर्धाका आधारमा गरिने भन्दै निगमलाई सुधारेर लैजाने दावी समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ