पूर्व माअाेवादी केन्द्रका दर्जनौ कार्यकर्ता नेकपामा प्रवेश

पूर्व माअाेवादी केन्द्रका दर्जनौ कार्यकर्ता नेकपामा प्रवेश

  • बिहिबार, जेष्ठ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, २४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले कालिकाेटमा स्थानीय जनताकाे विशाल सहभागितामा एकीकृत जनजागरणअभियान चलाएको छ ।

एकीकृत जनजागरण’ अभियान अन्तरगत जिल्लाभर साँस्कृतिक टोलीसहित नेकपाका नेता–कार्यकर्ता गाउँगाउँमा पुगेका छन् । नेकपाका पाेलिटव्युराे सदस्य अाेम प्रकाश पुनकाे नेतृत्वकाे अभियान टाेली जिल्लाका विभिन्न स्थानमा पुगेकाे छ ।

अभियानकै क्रममा बुधबार मुम्रामा विशाल जनसभा सम्पन्न भएको छ । सभालाई पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका थिए । साे कार्यक्रमबाट पूर्व एमाले र माओवादी केन्द्रका तीन दर्जन नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरूलार्इ पाेलिटव्युराे सदस्य अाेम प्रकाश पुनले अविर लगाएर स्वागत गरेका थिए ।
त्यसैगरी बुधबार कालिकाेटकै रास्कोटमा साँस्कृतिक कार्यक्रमसहित जनसभाको आयोजना गरिएको छ । नेकपाकाे एकीकृत जनजागरण अभियानले गाउँ गाउँमा पुगेर जनतालार्इ प्रशिक्षित गरेकाे नेकपाका नेताहरूले बताएका छन्। साथै अभियानले जनता र कार्यकर्तामा क्रान्तिकारी अाशा संचार पैदा गरेकाे नेकपाका नेताहरूकाे भनार्इ रहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ