यीनै हुन्, आफुमाथि दुर्वव्यवहार गर्ने सांसदलाई झापड हान्ने मन्जु: झापड प्रकरणले ओली प्रचण्डको पार्टीभित्र बिबाद

यीनै हुन्, आफुमाथि दुर्वव्यवहार गर्ने सांसदलाई झापड हान्ने मन्जु: झापड प्रकरणले ओली प्रचण्डको पार्टीभित्र बिबाद

  • बुधबार, जेष्ठ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

२३ जेठ, जनकपुरधाम ।

मंगलवार प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा भएको झापड प्रकरणलाई लिएर अहिले पार्टी्भित्र विवाद बढेको छ ।

महोत्तरीकी प्रदेशसभा सदस्य मन्जु यादवले धनुषाका सदस्य किशोरी साहलाई एक झापड हानेकी थिइन् ।

प्रदेशसभा सदस्य किशोरी साहले यादवमाथि कारवाहीको माग गरेका छन् भने मञ्जुले भने दलका नेता सत्यनारायण मण्डलकै उक्साहटमा आफूमाथि दुर्व्यवहार भएपछि प्रतिवाद गरेकी छन् ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मण्डल र किशोरी साहले आफूलाई अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको र सहन नसकेपछि प्रतिवाद गरेको सांसद मञ्जुले बताइन् ।

उनले भनिन् ‘मलाई गरीब महिला भनेर हेप्ने र सुन्नै नसक्ने अपशब्द प्रयोग गर्ने काम भयो । दलको नेतासँग सवाल जवाफ भइरहेका बेला किशोरी साह आएर तँ बकबक गर्दैछेस्, अब पनि बोलिस् भने २ झापट हान्छु भने । मैले झापड भनेको के हो ? भन्दै एक झापड हानेर देखाएकी हुँ ।’
प्रदेशसभा भवनभित्र रहेको नेकपा संसदीय दलको कार्यालयमै भएको यो घटनापछि मण्डल र साह बाहिरिएका थिए । नीति तथा कार्यक्रममा आफ्ना कुरा समावेश गर्न कम्प्युटर अपरेटरसँग कुरा भइरहेका बेला मण्डल आएर आफूलाई गालीगलौज गरेको उनले बताइन् ।

यसैबीच संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सांसद मञ्जु यादवको सांसद पद र संगठित सदस्यता खारेजीका लागि माग भइरहेको र केन्द्रमा जानकारी गराउने बताएका छन् । उनले मञ्जु यादवमाथि कारवाही नभए आफूहरु बाहिरिने चेतावनी समेत दिएका छन् ।

प्रदेशसभाका सांसद सत्रुघन महतो र केन्द्रीय सदस्य योगनारायण यादवको उक्साहटमा सो घटना गराएको आरोप मण्डलको छ । महतो र यादव दवैजना नेकपाका केन्द्रीय सदस्य हुन् । महतो मण्डलसँग तत्कालीन एमालेको संसदीय दलको नेतामा पराजित भएका थिए ।

मण्डलले भने ‘केही अपराधिक मानसिकताका नेताको उक्साहटमा ती महिलाले पागलपन देखाइन् । महिला भएकाले हामीले केही प्रतिवाद गर्न मिलेन । अहिले त केन्द्रीय कमिटीबाहेक पार्टीमा कुनै निकाय छैन । तर, अब संगठित सदस्यता र समानुपातिक सांसद पद खारेजीको पहल गर्छौं । हाम्रो पहल सफल भएन भने आफैं छाडेर हिड्छौं ।’( अनलाइनखबर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ