ओलीले दोसल्ला ओढाएर पार्टीमा भित्र्याएका नेता कामचाेर ठेकेदार, प्रहरीले गर्याे पक्राउ

ओलीले दोसल्ला ओढाएर पार्टीमा भित्र्याएका नेता कामचाेर ठेकेदार, प्रहरीले गर्याे पक्राउ

  • बुधबार, जेष्ठ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडाै, २३ जेठ । 

राप्रपा छोडेर एमालेमा प्रवेश गरेका एक नेता कामचोर ठेकेरदारको आरोपमा पक्राउ परेका छन् । सुनौती खिम्तीका ठेकेदार धर्मराज भण्डारी ‘भिमसेन’लाई तत्कालिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर पार्टीमा भित्र्याएका थिए ।

‘भिमसेन’लाई प्रहरीले पक्राउ गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पुष्टि गरेका छन् । लामोसाँघु जिरी सडक खण्डमा निर्माणकार्य ढिलाइ गरेको भन्दै प्रहरीले भण्डारीलार्इ पक्राउ गरेको हो ।

सिमान्चल, गौरी पार्वती , सुनौती खिम्ती कन्स्ट्रक्सनले उक्त ठेक्का लिएका हुन् । सिमान्चल भारतीय कम्पनी हो भने गौरी पार्वती र खिम्ति नेपाली हो ।

भण्डारी गएको संविधानसभा निर्वाचन २०७० मा पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपाबाट तत्कालिन क्षेत्र नम्बर १ मा उममेद्वार भएका थिए । राप्रपा छोडेर गत वर्षको प्रतिनिधिसभा निर्वाचनअघि उनी तत्कालिन एमालेमा प्रवेश गरेका थिए ।

हामीलाई भण्डारी एमाले प्रवेश गर्दाको भिडियो पनि प्राप्त भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ