बाटो खन्ने क्रममा एक्सकाभेटर पुरिँदा कटुवालको मृत्यु

बाटो खन्ने क्रममा एक्सकाभेटर पुरिँदा कटुवालको मृत्यु

  • बुधबार, जेष्ठ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

२३ जेष्ठ, ताप्लेजुङ ।
फक्तालुङ गाउँपालिका–२ खेजेनिमको खेजेनिम खण्डको फागोखोलामा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
मंगलबार साँझ साढे ६ बजे भएको दुर्घटनामा एक्सकाभेटर चालक पाँचथरको हिल्लिहाङ गाउँपालिका २ का कृष्णप्रसाद कटुवालको मृत्यू भएको हो । पहरा खनिसकेर ढुङ्गा पन्छाउँदै पछाडि फर्किने क्रममा, माथिबाट पहरा झर्दा बा २ ग  ५२६३ नम्बरको एक्सकाभेटर सहित चालक कटुवाललाई पुरेको हो । ठुलो पहरा झरेको कारण उद्दारमा समस्या भएको फक्ताङ्लुङ संबाददाता विकल्प लिम्बूले जानकारी दिए ।
क्षेत्रीय सडक अन्तर्गत, ओलाङ्चुङगोला लोकमार्ग अन्तर्गतको सावादिन, खेजेनिम खण्डको फागोखोलामा सुक्ला गण्डकी कंपनीको एक्सकाभेटर मंगलबार साँझ साढे ६ बजे दुर्घटना भएको हो । घटनामा सहचालक विष्णुकुमार श्रेष्ठ सामान्य घाइतेको अवस्था सामान्य रहेको छ ।
एक्सकाभेटरको सहायतामा प्रहरी र स्थानीयको तीन घण्टा लामो उद्धारपछि कटुवालको शब पुरिएको स्थानदेखि बाहिर निकालिएको फक्ताङ्लुङ संबाददाता विकल्प लिम्बूले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ