२३ जेठ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित करिब दर्जन नेताहरु रिहा भएका छन् ।
अदालतको आदेशमा मंगलबार सिरहा इन्चार्ज अनुकुल राउत, सर्लाही सेक्रेटरी राजन, महोत्तरी सेक्रेटरी पवनकुमार महतो र पार्टीको युवा संगठन योङ रेडफोर्सका केन्द्रीय सचिवालय सदस्य रोहित ढकाल रिहा भएका हुन् । उनीहरुलाई रिहा गर्ने अदालतले आदेश गरेपनि प्रहरीले पुनः गिरफ्तार गर्दै आएको थियो ।
पार्टीका केन्द्रीय सदस्य किरण राइसहितका नेताहरुलाई भने अझै रिहा गरेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline