रक्सी बिक्री-वितरणमा रोक लगाउने जनपरिषदको निर्णय, उल्लङघन गर्नेमाथि यस्तो कार्वाहि

रक्सी बिक्री-वितरणमा रोक लगाउने जनपरिषदको निर्णय, उल्लङघन गर्नेमाथि यस्तो कार्वाहि

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, २२ जेठ । नेकपाको जनपरिषद अछामले मदिराजन्य पदार्थको बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको छ ।

जनपरिषदको जेठ १९ गते बसेको दोस्रो बैठकले मदिराको जथाभावि बिक्रीले सामाजिक सुरक्षा बढेको, महिला हिंसाजन्य क्रियाकलापलाई प्रोत्साहन गरेको, व्यक्तिगतको स्वास्थ्यमा गम्भीर असर परेको, गरिबी बढेकोले रोक लगाउने निर्णय गरेको जनपरिषदले जनाएको छ ।

जनपरिषद प्रमुख निरक शाहीले विज्ञप्ति जारी गर्दै १५ दिनभित्र अहिले भइरहेको मदिरा बिक्री वितरणलाई व्यस्थित गर्न समय समय दिइएको बताएका छन् ।

शाहीद्वारा जारी विज्ञप्तिमा जिल्लामा बिक्री वितरण भइरहेको मदिराले गर्दा समाजिका असुरक्षा बढेको, महिला हिंसाजन्य क्रियाकलापलाई प्रोत्साहित गरेको, व्यक्तिगत स्वास्थ्यमा गम्भीर असर परेको र आर्थिक गरिबी बढ्नुको साथै विभिन्न ढंगले जनताको जीवनस्तरमाथि खेलवाड भइरहेकोबारे जिल्लाबासीले व्यापक गुनासो समेत आइरहेकोले जिल्लामा कुनैपनि मदिराजन्य पदार्थको बिक्री वितरणमाथि रोक लगाउने निर्णय गरिएको जनाईएको छ ।

यस निर्णयलाई कायान्वयन गर्नको लागि जिल्लास्थित राजनीतिक दल, पत्रकार, नागरिक समाज, सुरक्षा निकाय, उद्योगी व्यवसायीलगायत सम्पूर्ण जिल्लाबासीलाई जनसमुदाहरुलाई हार्दिक अपील गर्दछौं । यस निर्णयलाई कार्यान्वयन गर्न पूर्व १५ दिनभित्र बिक्री वितरण गरिरहेका व्यापारी व्यवसायीहरुलाई आफूसँग भएको मदिरा व्यवस्थि तगर्न र गराउनु अनुरोध गरिन्छ” बिज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी स्थानीय तहमा अनियमितता, ढिला सुस्तीबारे जनगुनासो परिषद्‍मा अाइरहेको भन्दै अनुगमन गरेर कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ