धादिङको थाक्रमा जीप र ट्रक ठोक्किँदा आगलागी

धादिङको थाक्रमा जीप र ट्रक ठोक्किँदा आगलागी

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौ २२ जेठ ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका ७ सातकिला भन्ने स्थानमा ट्रक र बोलेरो जीप आपसमा ठोक्किदाँ ट्रकमा आगलागी भएको छ ।

चितवनबाट काठमाडौंतर्फ आउदै गरेको ना ५ ख ८७७० नम्बरको सिमेन्ट बोकेको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा १७ च १०९३ नम्बरको बोलेरो जीप ठोक्किएको प्रहरीले जनाएको छ ।

जीपसँग ठोक्किएपछि ट्रकको ट्याङकीबाट आगो सल्केर क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । स्थानीयको सहयोगमा एक घण्टापछि प्रहरीले आगलागी नियन्त्रण्मा लिएको थियो ।

दुर्घटनामा बोलेरो जीपमा रहेका तीन जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय महादेवबेसी पोलिक्लिनिकमा उपचार भइरहेको छ । ट्रकका चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ