मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु, चारजना घाइते

मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु, चारजना घाइते

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

स्याङ्जा, जेठ २२ । स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु३२प ९९७९ र गल्याङबाट मिर्मी जाँदै गरेको लु३५प १६३३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा अन्य चारजना घाइते भएका छन् ।

गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु भएको हो । दुई मोटरसाइकलमा पाँचजना सवार थिए ।

घाइते हुनेमा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालीगण्डकी गाउँपालिका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ नगरपालिका–२ का २३ वर्षीय दिलीप राना र सोही स्थानका २२ वर्षीय सुशील सुवेदी रहेका छन् ।

घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ